मितिः २०७२/०५/२०
(प्रजापति) पी.पी. प्रसाई फाउण्डेसन

प्रेस विज्ञप्ती

सम्मानिय राष्ट्रपति रामवरण यादवले आज एक समारोहकाबीच पी.पी. प्रसाई राष्ट्रिय उत्कृष्ठ शिक्षक पुरस्कार– २०७२ प्रदान गर्नुभयो ।
स्वर्गीय प्रजापति प्रसाईका नामा स्थापति पी.पी. प्रसाई राष्ट्रिय उत्कृष्ठ शिक्षक पुरस्कार यस वर्ष बेनी सामूदायिक उच्च मा.विका दीपक श्रेष्ठले प्राप्त गरेका छन ।
यसैगरि विकास क्षेत्रमा दिइने उत्कृष्ठ शिक्षक पुरस्कार यो वर्ष मध्यमाञ्चलबाट सेतीदेवि निम्न माध्यमिक विद्यालयका कृष्णबहादुर खत्री, पश्चिमाञ्चलबाट श्रीमहेन्द्र उच्च माविकी लक्ष्मी पन्थी अर्याल र मध्य पश्चिमाञ्चलबाट श्री उच्च माध्यमिक रझेनाका रामहरि रिजाललाई प्रदान गरिएको छ ।
 
प्रतिष्ठानले शिक्षा क्षेत्रमा विशिष्ट योगदान पु¥याने शिक्षकलाई राष्ट्रिय उत्कृष्ठ शिक्षक पुरस्कार सहित ५० हजार नगद र पांच विकास क्षेत्रमा उत्कृष्ठ शिक्षक पुरस्कार सहित २५ हजार नगर र विजयी सबै विद्यालयलाई १० हजार बराबारको शैक्षिक सामग्री प्रदान गर्दै आएको छ ।
 
देशभरबाट आवेदन मागि शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकता प्रति उनीहरुको बुझाई, शिक्षा प्रति उनीहरुको प्रतिवद्धता, शिर्जनशीलता, अभिभावक तथा समाजसँगको उनीहरुको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिस लगायतका आधारमा शिक्षा विशेषज्ञ तथा लब्ध प्रतिष्ठित व्यक्तिहरुको निर्णायक समितिले पुरस्कार प्रदानका लागि सिफारिस गर्दछ ।
 
जीवनभर विद्यार्थीलाई शिक्षाको ज्योती प्रदान गर्ने शिक्षकहरुको उचित सम्मान र हौसला प्रदान गर्न र शिक्षण पेशामा आउन चाहनेहरुलाई प्रहोत्साहन गर्न यो पुरस्कार स्थापना गरिएको हो । यसलाई आगामी दिनमा अझ व्यापक र समावेशी बनाउदै लैजाने पीपी फाउण्डेसनको योजना रहेको छ ।
 
पर्यटन व्यवसायी प्रजापति प्रसाईंको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई मुर्त रुप दिन २०६७ साल फागुन ६ गते फाउण्डेसनको गठन गरिएको हो । प्रसाईंको विस २०५६ भदौं २० (५ सेप्टेम्वर १९९९) मा हवाई दुर्घटनामा परि निधन भएको थियो ।
 

थप जानकारीका लागि
शिखा प्रसाई : ९८५१०३७०१
अध्यक्ष
शिखर प्रसाई
९८५१०२५६७४
पीपी प्रसाई फाउण्डेसन