नौवौँ राष्ट्रिय पी.पी. प्रसाई शिक्षक पुुरस्कार ई.सं २०२२ का लागि निवेदन आह्वान

राष्ट्रियस्तरमा एक जनालाई उत्कृष्ट राष्ट्रिय शिक्षक पुरस्कार (नगद रु. १००,०००) र सात प्रदेशबाट एक÷एक जना गरी सात
उत्कृष्ट शिक्षकलाई (नगद रु. ५०,०००) का साथै प्रोत्साहनस्वरुप पुरस्कृत शिक्षकआबद्ध विद्यालयलाईशैक्षिक सामग्री ।

निवेदकले अनिवार्य आवेदन फाराम भर्नुपर्ने हुन्छ ।

शिक्षक/प्रधानाध्यापकको व्यक्तिगत विवरणः शिक्षकको नाम, जन्म मिति, लिङ्ग, स्थायी ठेगाना, अस्थायी ठेगाना, इमेल, मोबाइल नंम्बर, सम्पर्क फोन ।

योग्यतासम्बन्धी विवरणः माथिल्लो शैक्षिक योग्यता/तह, अध्ययन गरेको शैक्षिक संस्था, उत्तीर्ण साल, अध्ययन गरेको मूल विषय, उत्तीर्ण श्रेणी, शिक्षण अनुभव, शिक्षकको तह र श्रेणी, शिक्षण अवधि, कार्यरत विद्यालयको नाम, अध्यापन गर्ने विषय÷तह, शिक्षक तालिम, जानेको भाषा, सम्मान÷पुरस्कार, विशेष रुचि÷दक्षता, अध्यापन गर्ने विषय वा तहको औसत वार्षिक सिकाइ उपलब्धि,

निवेदनमा समावेश हुनुपर्ने कागजात: विद्यालय व्यवस्थापन समितिको सिफारिस, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक तथा अन्य अनुभवका प्रमाणपत्रहरु ।

तलका प्रत्येक प्रश्नहरुको पचास शब्दमा नबढाई उत्तर दिनुहोला ।

१. विद्यालय तथा विद्यार्थीको हितमा समुदायलाई कसरी परिचालन गर्नुभएको छ ?

२. शिक्षणबाहेक तपाईंले कुनै सामाजिक वा सार्वजनिक हितको काम गर्नुभएको छ ? छ भने बुँदागत रुपमा उल्लेख गर्नुहोस् ।

३. शिक्षण पेसामा आबद्ध भएर तपाईंले जीवनमा गर्नुभएको कुनै पनि काम नयाँ ढंगले गर्नुभएको छ भने उल्लेख गर्नुहोस् ।

४. तपाईंले पक्कै शिक्षक तालिम लिनुभएको होला । तालिमका क्रममा हासिल गर्नुभएको ज्ञान तथा सीप व्यवहारमा कतिको उतार्नुभएको छ ? छ भने त्यसले विद्यार्थीको सिकाइ सुधारमा पु¥याएको योगदानबारे उदाहरणसहित लेख्नुहोस् ।

५. शिक्षण पद्धतिलाई रोचक बनाउँदै विषयवस्तुबारे छात्रछात्रालाई बुझाउन पाठ्यपुस्तकबाहेक अन्य शैक्षिक सामग्री पनि प्रयोग गर्नुभएको छ ? छ भने कस्तो विधि र प्रविधि प्रयोग गर्नुभएको छ ? उल्लेख गर्नुहोस् ।

६. विद्यार्थीको सिकाइ प्रगति परीक्षण गर्न कुन मूल्याङ्कन विधि प्रयोग गर्नुहुन्छ ? कक्षामा कमजोर विद्यार्थीको स्तर उकास्न कुनै खास विधि प्रयोग गर्नुभएको छ ? छ भने उदाहरणसहित लेख्नुहोस् ।

७. आफूले सिकेको ज्ञान, सीप र अनुभव सहकर्मी शिक्षकसँग आदानप्रदान गर्नुभएको छ ? छ भने कसरी आदानप्रदान गर्नुभएको छ, उल्लेख गर्नुहोस् ।

८. तपाईं आम शिक्षकभन्दा कसरी भिन्न हुनुहुन्छ ?

९. प्रधानाध्यापकको रुपमा विद्यालयको उन्नतिका लागि तपाईंले गर्नुभएका पाँचवटा विशेष काम बँुदागत रुपमा उल्लेख गर्नुहोस् । (प्रअका लागि मात्र )

निवेदन फाउन्डेसनको ठेगानामा हुलाक वा इमेलमार्फत पनि पठाउन सकिनेछ ।

फोन: ५२६१११६, ९८१८५६४६२४
इमेल: ppprasaifoundation@gmail.com
वेबसाइट :www.ppprasaifoundation.com
पो.ब.नं. ४९५, नटराज टुर्स एन्ड ट्राभल्स, ज्वागल चोक, ललितपुर,

नोट हरेक वर्ष आवेदन मिती जूनसूकै समय खूल्ला रहने छ । पूरस्कार घोषणा तथा वितरण मिती हरेक वर्ष सेप्टेम्बर ५ मा गरिने छ । थप जानकारीको लागी: www.ppprasaifoundation.com

अथवा तलको गुगल फारम भरि निवेदन दिन सक्नुहुनेछ। गुगल फारमको लिन्क चाहिएमा यहांं किल्क गर्नुहोस।